28/01/2019
बाख्राको खोर कस्तो बनाउने??
---------------------
बाख्रा चिसो वा ओसिलो मन नपराउने अत्यन्त सुग्घरी जात भएकोले यसको खोर बनाउँदा भूईं सतहबाट केहि माथि उठाएर टाँड बनाउनुपर्ने हुन्छ भने भूर्इं सतहमा सिमेन्टको ढलान वा प्लास्टर गर्नुपर्ने हुन्छ ।
टाँड जमीनको सतहभन्दा ९० सेमीदेखि १ मिटर माथि उठाएर बनाईन्छ, ताकि बाख्रालाई भूर्इंको चिसो पनि नआओस र टाँडभित्र मानिस पसी राम्ररी सफा गर्न पनि सकियोस् । बाख्रा बस्ने टाँड बनाउँदा ३.५ देखि ४ सेमी चौडाईका भाटाहरु बिछ्याएर बनाउनु पर्दछ ।
मलमुत्र सजिलै जमीनमा खस्न सकोस् भन्नाको लागि भाटाहरु राख्दा हरेक भाटाको बीचमा करिब १.२५ सेमीको खाली ठाउँ (न्बउ) राखेर टा“ड बनाउनु पर्दछ, जसले गर्दा पिसाब र वडकालाहरु छिरेर जाओस् तर बाख्राको खुर÷खुट्टा नअड्कियोस् । भाटाहरु पिसाबले छिट्टै नबिग्रिने खालको काठको हुनुपर्दछ ।
--------------------------------
आफु मात्रै पढेर हुदैन, सबैले share गरौँ है!