नेपाल कृषि भेटेरिनरी ताजा जानकारी

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल कृषि भेटेरिनरी ताजा जानकारी

नेपाल कृषि भेटेरिनरी ताजा जानकारी नेपाल कृषि /भेटेरिनरी सम्बन्धि सम्पुर्ण जानकारी अब एकै पेज बाट Livestock Nepal

28/04/2024

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।

तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।

सम्पर्क : ११८० (1180)
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग
बालेन शाह

 #प्राथमिक तह शिक्षक सेवा आयाेगमा भारी संख्यामा विज्ञापनमा
27/04/2024

#प्राथमिक तह शिक्षक सेवा आयाेगमा भारी संख्यामा विज्ञापनमा

 #प्राथमिक तह शिक्षकको विज्ञापनमा कोटा धेरै भएका ५ जिल्ला:-मकवानपुर - २०८अर्घाखाँची - १९७स्याङ्जा - १८८तनहुँ - १७२खोटाङ ...
27/04/2024

#प्राथमिक तह शिक्षकको विज्ञापनमा कोटा धेरै भएका ५ जिल्ला:-
मकवानपुर - २०८
अर्घाखाँची - १९७
स्याङ्जा - १८८
तनहुँ - १७२
खोटाङ - १६८

नेपाली समाजमा विवाह पहिले विवाह भन्ना साथ दुई परिवारको मेल हुन्थ्यो जहाँ दुईवटा परिवारका सदस्य जाेड्नका लागि एक विश्वास ...
20/04/2024

नेपाली समाजमा विवाह
पहिले विवाह भन्ना साथ दुई परिवारको मेल हुन्थ्यो जहाँ दुईवटा परिवारका सदस्य जाेड्नका लागि एक विश्वास पात्र बराैनिकर्ताले माग्ने र जिम्मेवारी लिएर विवाह गराउने गर्थें जसले पछि पनि सानातिना समस्या झैझगडा भएमा मिलाउने र समाधान गर्थें । केटाकेटी पनि माइती घर र मध्यस्थताकर्ता ३ पक्षको नियन्त्रणमा रहेर इज्जत प्रतिष्ठा सम्झेर परिवार घरजम गर्थें । विवाह गर्ने उमेरमा वर बधु कच्चा हुन्छन् तसर्थ अभिभावकले उनिहरुकाे मिलन गराउन जिम्मेवारी लिन्थे । वावुआमाकाे बाेलि शिराेधार्य गर्थें जसले गर्दा गलत र अनैतिक कार्य गर्न नहुने मानसपटलमा रहन्थ्याे ।
बिवाहमा वर बधुलाइ बिबाहकाे दिन आमन्त्रण गर्न सुपारि अर्थात वचन पक्का गर्न पाहुर दिइन्थ्याे जुन वचन ताेड्न नपाइने कथन थियाे ।विवाहमा वर बधुलाइ वैदिक ऋचाद्वारा वैदिक विधीले बन्धन बाधिन्थ्यो । विवाहको सम्पुर्ण विधानमा कार्यक्रम केन्द्रित हुन्थ्यो शुद्ध एवं सात्विक भोजन हुने गर्थ्यो घरमा आएका हरेक अतिथीको स्वागत हुन्थ्यो कसले खायो कसले खाएन हेर्न कै लागि परिवारको एक सदस्य खटाईएको हुन्थ्यो । विवाहको मनोरञ्जनात्मक पाटो पहिले नि हुन्थ्यो सामुहिकताको बलमा विवाह कार्यक्रम हुन्थ्यो हरेकलाई काम बाढिन्थ्यो अनि उक्त कामले मानिसलाई एक आपसमा जोड्थ्यो
काम गर्नेहरूलाई तामसी भोजको नि व्यवस्था हुन्थ्यो ।तर त्यसको व्यवस्था नै भिन्नै हुन्थ्यो । तर अहिले त्यस्तो छैन
अहिलेको विवाहमा पैसाको तुजुक मात्र देख्न सकिन्छ । पण्डितले विधि पुर्वक विवाह गराउँदा समेत हामीलाई हतार छ यसो काटछाट गरेर सक्दिनु है भन्छन ।यता विवाहको विधि काट्दै गर्दा उता फोटो सुट चै पुरै लम्बिएको हुन्छ ।अबको बिबाहमा पन्डित र वैदिक ऋचा होईन फोटोग्राफर महत्त्वपूर्ण भएको छ । को आयो, को गयो, कसले खायो, कसले खाएन कसैलाई वास्ता छैन हरेक किसमको भोजन हुन्छ तर विवाहमा अपनत्व छैन केवल बेहुला बेहुली पक्षको धनको तुजुक मात्र देख्न सकिन्छ
एक विवाह सक्किने पैसाले अहिले
हल्दी मेहन्दीको नाटक मंचन गरिन्छ ।
दिनभर ब्युटिशियन बोलाएर मेक अप गरिन्छ । महंगा वस्त्र लगाएर मन्डपमा बसिन्छअनि कपडा माथी बाट हल्दी पानी खन्याईन्छ ।३० हजार लगाएर ४ घन्टा खर्चेर गरेको मेक अप ३ मिनेटमा स्वाहा !कस्तो विकृत चलन आयो यस्तो । वस्त्र लगाएर पानी खन्याउने चलन त लोग्नेको मृत्यु पछि हुन्थ्यो !! क्रमश कमेन्टमा......

563 जना को लागि थाई जागिर खुलायो नेपाल दुरसञ्चार कम्पनी ( नेपाल टेलिकम ) ले # #पढाई :10 पास देखि मास्टर डिग्री सम्म जति ...
20/04/2024

563 जना को लागि थाई जागिर खुलायो नेपाल दुरसञ्चार कम्पनी ( नेपाल टेलिकम ) ले
# #पढाई :10 पास देखि मास्टर डिग्री सम्म जति
भएनी हुने
# # #सिट सङ्ख्या :563
# # #यसमा खरिदार शुब्बाको जति धेरै परीक्षा दिनुपर्दैन। मात्र दुई ओटा परीक्षा हुन्छ्न।यो पुर्ण रुपमा सरकारी जागिर हाे

(कर्णाली र लुम्बिनी बिज्ञापन)प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशस्थानीय सरकारी सेवाका चौथों तह, विभिन्न सेवा समूह र उपस...
20/04/2024

(कर्णाली र लुम्बिनी बिज्ञापन)
प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश
स्थानीय सरकारी सेवाका चौथों तह, विभिन्न सेवा समूह र उपसमूहका प्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन ,
लुम्बिनी सहायक चौथो प्राविधिकको बिज्ञापन !!
#अहेव 74 जना
#अनमी 79 जना
#भेट्नरि 30 जना
महिला बिकास निरीक्षक 8 जना
सब इन्जिनियर #सिविल 34 जना
#पशु सेवा ( लापो एण्ड दे डे) 21 जना

19/04/2024

श्रीमानको नाममा पनि कृषि फर्म , श्रीमतिको नाममा पनि अलग कृषि फर्म अझ त्यसैमा दुबै दम्पती मिलेर कम्तीमा २/३ वटा कृषक समुह गठन र साथमा झोलामा बोक्न मिल्ने "कृषि सहकारी लि." दर्ता हुन्छ भने .... यसको असर ले ??

#कृषि क्षेत्र मा नतिजा शुन्य नै बनाउँछ ! 🤔

#बेलैमा नितिनियम बनेन भने राज्य ले कृषक को नाममा छुट्याएको बजेट खाली बालुवा मा पानी हाले झै हुने देखिन्छ !
# विबेक तिमिल्सैना

करिब २७०० को संख्यामा नेपाली  #सेनाको  #सैन्य पद र  #फलोअर्स पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।
19/04/2024

करिब २७०० को संख्यामा नेपाली #सेनाको #सैन्य पद र #फलोअर्स पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।

15/04/2024

गर्मीको सिजन सुरु भएको छ, धेरैले खरबुजा खाने गर्नु भएको होला, कृपया खरबुजा खानु पहिले यो अध्ययन गर्नुहोला :
खरबुजा (Water melon) रातो र आकर्षक देखाउन,

खरबुजालाई रातो बनाउन कहिलेकाहीँ सुईको सहायताले एरिथ्रोसिन केमिकल राखिएको हुनसक्छ यो एक प्रकारको विष हो । यस्तो खरबुजा चिन्ने तरिकाबारे सबैलाई जानकारी होस ।

१. पहेँलो दाग भएको खरबुजा छान्नुस् :

हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।

२. घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।

३. खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।

४. खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्‍यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो । जनहितमा जारी

४२ औं प्रयासमा सिफारिस हुन सफल यसोधा सापकोटा  :-२०७४\७५ वाट प्रारम्भ १ अनुसन्धान सहायक चौँथो(४)२ अनुसन्धान सहायक पाँचौ(५...
08/04/2024

४२ औं प्रयासमा सिफारिस हुन सफल यसोधा सापकोटा :-
२०७४\७५ वाट प्रारम्भ
१ अनुसन्धान सहायक चौँथो(४)
२ अनुसन्धान सहायक पाँचौ(५)
३ नेपाल वायुसेवा निगम चौँथो(४)
४ नेपाल वायुसेवा निगम पाँचौ (५)
२०७५\७६
५ अनुसन्धान सहायक चौँथो(४)
६ अनुसन्धान सहायक पाँचौ(५)
७ नेपाल वायुसेवा निगम चौँथो(४)
८ नेपाल वायुसेवा निगम पाँचौ (५)
९ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१० नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)

११ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१२ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)
२०७६\७७
१३ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान चौँथो(४)
१४ नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान पाँचौ (५)
१५ खरिदार वा सो सरह
नासु वा सो सरह (प्रथम फेल)
२०७७\७८
१६ खरिदार वा सो सरह
१७ नासु वा सो सरह
१८ बाग्मती प्रदेश चौँथो(४)
१९ बाग्मती प्रदेश पाँचौ (५)
२०त्रिवि सेवा आयोग चौँथो(४)
२१त्रिवि सेवा आयोग पाँचौ(५)

२०७८\७९
२२ खरिदार वा सो सरह
२३ नासु वा सो सरह
२४ बाग्मती प्रदेश पाँचौ (५)
२५ गण्डकी प्रदेश (स्थानिय ) चौँथो(४)
२६ गण्डकी प्रदेश (स्थानिय ) पाँचौ (५)
२७ गण्डकी प्रदेश (प्रदेश) चौँथो(४)
२८ गण्डकी प्रदेश (प्रदेश) पाँचौ (५)
२९ गण्डकी प्रदेश (बिबिध) चौँथो(४)
३० लुम्बिनी प्रदेश पाँचौ(५)
३१ लुम्बिनी प्रदेश चौँथो(४)

२०७९\८०
३२ खरिदार वा सो सरह
३३ नासु वा सो सरह
बाग्मती प्रदेश पाँचौ (५)(प्रथम फेल)
३४ लुम्बिनी प्रदेश पाँचौ(५)
३५ लुम्बिनी प्रदेश चौँथो(४)
३६ कणाली पाँचौ(५)
३७ नेपाल टेलिकम चौँथो (४)
३८ नेपाल टेलिकम पाँचौ (५)
३९ नेपाल खाध सेवा चौँथो (४)
४० कर्मचारी संचय कोष चौँथो(४)
४१ कर्मचारी संचय कोष पाँचौँ(५)
२०८०\८१
४२ खरिदार वा सो सरह वैकल्पिक सिफारिस ( पर्वत जिल्ला अदालत )
(लोकसेवा तयारी मा नाम निकाल्नको लागि मलाई हालसम्म लिखित तयारि सहित जम्मा ४२ वटा मा जाचँ दिन सफल भयछु । )
यसोधा सापकोटा

काठमाडौं उपत्यका भित्र रगत आवश्यक पर्दा सम्पर्क ठाउँ र नम्बर l
02/04/2024

काठमाडौं उपत्यका भित्र रगत आवश्यक पर्दा सम्पर्क ठाउँ र नम्बर l

01/04/2024

जिन्दगी भर अरुलाई ढाटेर जिन्दगी चलाउने बानि बसेका हरु होऊ! 😄
किन एक दिन April full को नाटक गर्छौ यार । छोडिदेउ यो नौटङ्गी !!😡

31/03/2024

"याद राख्नुपर्ने केही महत्वपूर्ण कुराहरू 👇👇
जसले हामीलाई निरोगी राखिरहन्छ।
१. बीपी: 120/80
२. पल्स: 70-100
३. तापमान: 36.8-37
४. सास : 12-16
५. हेमोग्लोबिन: पुरुष-13.50-18
स्त्री-11.50-16
६. कोलेस्ट्रेल: 130-200
७. पोटेशियम: 3.50-5
८. सोडियम: 135-145
९. ट्राइग्लिसराइड्स: 220
१०. शरीरमा रगतको मात्रा: पीसीवी 30-40%
११. सुगर लेभल: बालबालिकाको लागि: (70-120) वयस्क: 80-130
१२. आइरन: 8-15 मिलीग्राम
१३. श्वेत रक्त कोशिकाहरु WBC: 4000-11000
१४. प्लेटलेट्स: 1,50,000 - 4,00,000
१५. रातो रक्त कोशिकाहरु RBC: 4.50-6 मिलियन
१६. क्याल्शियम: 8.6-10.3 मिलीग्राम डीएल
१७. भिटामिन D3: 20-50 एनजी/एमएल
१८. भिटामिन B12: 200-900 पीजी/एमएल

वरिष्ठ अर्थात ४०/५०/६० वर्षका मानिसकोनिम्ति विशेष टिप्स:
१. प्यास नलागे पनि बारम्बार पानी पिउँ, धेरैजसो स्वास्थ्य समस्या शरीरमा पानीको कमीले हुन्छ। ३ लीटर न्यूनतम प्रतिदिन।
२. शरीर चलाइरहुँ, काम गरौं। calories burn गर्न पैदल, साइक्लिङ, पौडी वा अरु खेलकुद गरौं।
३. खाना कम गरौं। प्रोटीन, कार्बोहाइड्रेट आधारित खाद्य पदार्थहरुको धेरै प्रयोग गरौं।
४. सकेसम्म मोटरसाइकल वा मोटर नचढौं। नजिक जानलाई खुट्टाले हिंडौं। आवश्यक भए मात्र गाडीघोडा, कार, मोटर चढौं। लिफ्टभन्दा भर्‍याङ चढौं।
५. क्रोध छोडौं, चिन्ता छोडौं। सकभर केही कुरालाई बालै नदिउँ। प्राय: सकारात्मक मान्छेसँग मात्र कुराकानी गरौं।
६. आफ्नो वरिपरिका मान्छेहरुसँग भेटौं, हाँसौं, बोलौं। सदैब Positive भएर हरेक situation मा आफूलाई mentally strong बनाऔं।
७. पछुतो कहिल्यै नगरौं। नपाउने चीजको आशा नगरौं। अपेक्षा छोडौं।
८. पैसा, पद, प्रतिष्ठा, शक्ति, सुन्दरता, जातिय गौरव र प्रभावले अहंकार बढाउँछ। विनम्रताले मात्रै मान्छेहरुको माया पाइन्छ।
९. कपाल फुल्दै जानु जीवनको अन्त्य होइन बरु एक सुन्दर जीवनको प्रारम्भ हो। आशावादी बनौं। यात्रा गरौं, पुस्तक पढौं, आनन्द लिउँ।
१०. आफूभन्दा सानालाई माया गरौं,। सहानुभूति र आत्मीयपन बढाउँ। कुनै व्यंग्यात्मक कुरा नबोलौं।
११. ओठमा सदा मुस्कान राखौं। अतीतमा जतिसुकै ठुलो पदमा रहेको भए पनि वर्तमानमा त्यो बिर्सिदिउँ। सबैसँग मिलेर बसौं !
१२. स्वस्थ रहौं, मस्त रहौं,हाँसौं, हँसाउँ।
हाँसो नै नि:शुल्क हेल्थ टनिक हो,यसको खुब उपयोग गरौं।"🙏🙏

पशुपन्छी आैषधी ब्यबसायी तालिम लियका ब्यक्तिहरूका लागि लाईसेन्स परीक्षा हुने सम्बन्धि सूचना ।।
30/03/2024

पशुपन्छी आैषधी ब्यबसायी तालिम लियका ब्यक्तिहरूका लागि लाईसेन्स परीक्षा हुने सम्बन्धि सूचना ।।

25/03/2024

आज साँझ ८ : २० बज्ये हुने
google meeting ma सम्पुर्ण सर/म्याडमहरूलाई जाेडिन हुन अनुराेध गर्दछु।
लिंक तल राखिएकाे छ

15/03/2024

समायोजित निजामती कर्मचारीहरुको आज बेलुका ७:३० बजे अन लाइन / जुम मिटिङ हुने भयकाले सबै कर्मचारी सर हरुको सहभागिता को लागि अनुरोध छ। link यसैमा उपलब्ध हुनेछ

सूचना.!   सूचना.!    सूचना.!विधालय नर्स सेवा करारमा लिने समन्धमापद:-एक विधालय एक नर्स सेवा:- करार  तह:- पाचौं माग सङ्ख्य...
07/03/2024

सूचना.! सूचना.! सूचना.!
विधालय नर्स सेवा करारमा लिने समन्धमा
पद:-एक विधालय एक नर्स
सेवा:- करार तह:- पाचौं
माग सङ्ख्या:-४५७

नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम_ शीतल निवास _ २०८० फागुन २३
06/03/2024

नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम_ शीतल निवास _ २०८० फागुन २३

नेपाल सरकार पशु सेवा विभाग का महानिर्देशक डा.उमेश दाहाल ज्यु लाई जन्म दिन को धेरै धेरै सुभकामना व्यक्त गर्दछु 🎂🎉🎊
28/02/2024

नेपाल सरकार पशु सेवा विभाग का महानिर्देशक डा.उमेश दाहाल ज्यु लाई जन्म दिन को धेरै धेरै सुभकामना व्यक्त गर्दछु 🎂🎉🎊

जग्गा मापन गर्ने सम्बन्धमा अमिन पद/सर्वेक्षक मा राेजगारीकाे अवसर
21/02/2024

जग्गा मापन गर्ने सम्बन्धमा अमिन पद/सर्वेक्षक मा राेजगारीकाे अवसर

बिध्यालय नर्सहरूमा ६२ जनालाई सुनाैलाे अवसर
20/02/2024

बिध्यालय नर्सहरूमा ६२ जनालाई सुनाैलाे अवसर

स्वयम सेवककाे रूपमा काम गर्न इच्छुकले आवेदन पेश गर्ने सम्वन्धी सूचना ।
18/02/2024

स्वयम सेवककाे रूपमा काम गर्न इच्छुकले आवेदन पेश गर्ने सम्वन्धी सूचना ।

Bacterial classification@
22/01/2024

Bacterial classification

@

बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवा तर्फका (अप्राविधिक/प्राविधिक)  #सहायक_पाचौं तहका विभिन्न पदहर...
22/01/2024

बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवा तर्फका (अप्राविधिक/प्राविधिक) #सहायक_पाचौं तहका विभिन्न पदहरुको पदपूर्तिको लागि #विज्ञापन ।

#कृषि पाँचौँ: ३१ जना
#भेटेरिनरी पाँचौँ: २३ जना
जम्मा 1113

अफ्गानिस्तानका कृषकहरुले सदीऔं देखी परम्परागत शैलीमा अङ्गुरलाई ६ महिना सम्म ताजा रहने गरी माटो र परालले बनेको भांडो (कंग...
22/01/2024

अफ्गानिस्तानका कृषकहरुले सदीऔं देखी परम्परागत शैलीमा अङ्गुरलाई ६ महिना सम्म ताजा रहने गरी माटो र परालले बनेको भांडो (कंगिना) मा भन्डारण गर्ने गर्दा रहेछन । 😮

समय अनुसार वास्तविकता र यथार्थ
22/01/2024

समय अनुसार वास्तविकता र यथार्थ

19/01/2024

कथा: शिक्षक बिध्यार्थी
आदर्णिय अभिभावक ज्युहरु याे कुरामा सहमत हुनुहुन्छ वा
हुनुहुँदैन तपाईंको रायसहितकाे प्रतिक्रिया दिनु हाेला !!

अझै सम्झना छ ..!!

मैले स्कुल पढ्दाखेरी मेरा अभिभावकले शिक्षक हरुलाइ भन्ने गर्थे सर यदि मेरो छोराले स्कुलमा भनेको मान्दैन, homework गर्दैन, स्कुल ड्रेसमा आउदैन, अनुशासनको पालना गर्दैन, स्कुलमा कसैसंग झैझगडा गर्छ भने हामीलाई भन्नु पर्दैन उस्लाई पिटेर हुन्छ कि कसरी हुन्छ अनुशासनमा ल्याउने जिम्मा हजुरहरुको हो ।
बाबु आमाले नपिटेको छोराछोरी, शिक्षकले नपिटेको विद्यार्थी, हलियाले नपिटेको गोरु कहिल्यै सुध्रीदैन भनेर भन्थे हजुरबाले ।
त्यो बेला मलाई शिक्षकको आँखामा आँखा जुधाएर हेर्न समेत डर लाग्थ्यो गलत काम गर्ने त धेरै परको कुरा हो ।
मलाई शिक्षकले पिटे पनि मैले कहिल्यै घरमा सरले मलाइ पिट्यो भनेर भनिन । अहिले पनि ती गुरु गुरुआमाहरुलाई देख्दा श्रद्धाले टाउको निहुरिने गर्छ मेरो तर अहिलेका अभिभावक !
विद्यार्थीलाई भन्छन् छोरा तँलाई शिक्षकले स्कुलमा छिसिक्क छोयो भनेनि मलाइ भन, मेरो पहुँच कहाँसम्म छ त्यसलाई म हटाइदिन्छु त्यसको नाममा मुद्धा ठोक्दिउला । शिक्षकले विद्यार्थीलाई छुनुपर्छ विद्यार्थी घर नपुग्दै स्कुलमा आन्दोलन पुग्छ । तर मेरो छोराछोरीले homework गर्छ या गर्दैन, स्कुलको नियमको पालना गर्छ या गर्दैन, अनुशासनमा बस्छ या बस्दैन, कहिल्यै शिक्षकलाइ सोध्ने हैनन् । अनि विद्यार्थी कसरी सुध्रीन्छन ?
विद्यार्थीलाई बेसमारी घाइते हुनेगरी कुट्नु पर्छ शिक्षकले भन्न खोजेको होइन तर थोरै भएनि शिक्षक प्रतिको डर विद्यार्थीमा भएन भने विद्यार्थी सुध्रीदैन । #नायक Aaryan sigdel ✍️✍️❤️🙏

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुको अवकाश पछिको जीवनलाई थप सुदृढ वनाउने उद्देश्यले सञ्चयकर्ता हाईड्रोको अवधारणा अ...
15/01/2024

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुको अवकाश पछिको जीवनलाई थप सुदृढ वनाउने उद्देश्यले सञ्चयकर्ता हाईड्रोको अवधारणा अनुरुप सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनी लिमिटेड तथा कोषका करीव ६ लाख सञ्चयकर्ताहरु संस्थापक रहने गरी पव्लिक कम्पनीको रुपमा स्थापित बेतन कर्णाली सञ्चयकर्ता हाईड्रोपावर कम्पनी लिमिटेड प्रस्तावक रहेको सुदुरपश्चिम प्रदेश अछाम जिल्लाको ढकारी र तुर्माखाँद गाउँपालिका तथा कर्णाली प्रदेश सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकालाई प्रत्यक्ष प्रभाव पार्नेगरी कर्णाली नदीको पानी उपयोग गरी निर्माण गर्न लागिएको बेतन कर्णाली अर्ध- जलाशययुक्त जलविद्युत ( ४३९ मे.वा.) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन (Environmental Impact Assessment) वन तथा वातावरण मन्त्रालय ( मा. मन्त्रीस्तर) को निर्णयानुसार स्वीकृत भएको छ l यस प्रतिबेदन स्वीकृति हुनुनै निर्माण चरणको ढोका खुल्नु हो।कम्पनीले यस आयोजनालाई निर्माण कार्यमा लैजाने जुन लक्ष्य छ त्यसको प्राप्तिको लागि कम्पनि परिवार उत्सुकतापूर्वक लाग्छ, लागिरहेको छ र लागिरहने छ।यस कार्यलाई सहजीकरण गरिदिने स्थानीय गाउँपालिका, बिद्युत विकास बिभाग, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, र बन तथा बाताबरण मन्त्रालय परिवार प्रति कम्पनी हार्दिक आभार प्रकट गर्दछ। साथै यस अध्ययनमा संग्लग्न परामर्शदाता एन. ई. ए. इन्जिनियरिङ कम्पनीलाई बिशेष बधाई तथा धन्यवाद रहेको छ। समग्रमा संचयकर्ता, लगानीकर्ता कम्पनीहरु, सुदुर- पश्चिम तथा कर्णाली प्रदेश : अछाम तथा सुर्खेत जिल्लाबासीहरु लाई आयोजना निर्माणको लागि बिशेष शुभकामना ::

https://www.urjakhabar.com/news/1401171859

https://epaper.gorkhapatraonline.com/pdf/1483?file=/uploads/file/2024/1/gorkhapatra/2024-01-15-12-16-12-grp-15jan-1-(1).pdf

सुदुरपश्चिम प्रदेश कृषि सेवा भेटेरिनरी समूह ला.पाे.डे.डाे  र ना.प.स्वा.प्रा पदकाे लिखित परिक्षा काे नजिजा सफल हुने सबै स...
30/12/2023

सुदुरपश्चिम प्रदेश कृषि सेवा भेटेरिनरी समूह ला.पाे.डे.डाे र ना.प.स्वा.प्रा पदकाे लिखित परिक्षा काे नजिजा सफल हुने सबै साथिहरूलाई हार्दिक बधाई तथा शुभकामना ।।

29/12/2023

Address

Kathmandu
SURKHET

Alerts

Be the first to know and let us send you an email when नेपाल कृषि भेटेरिनरी ताजा जानकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल कृषि भेटेरिनरी ताजा जानकारी:

Videos

Share


Other Kathmandu pet stores & pet services

Show All