14/09/2025
भोटे कुकुर क्लब अफ नेपालको डिजिटल कदम : भोटे कुकुर क्लब अफ नेपालले समयअनुसारको नयाँ–नयाँ प्रविधि आत्मसात गर्दै डिजिटल युगतर्फ महत्वपूर्ण यात्रा थालेको छ। क्लबले आफ्ना सदस्यहरुलाई NFC ID Card वितरण गर्ने कार्यको शुभारम्भ गरेको घोषणा गर्न पाउँदा हामी सबै अत्यन्तै खुशी छौं।
NFC Card भनेको के हो?
NFC (Near Field Communication) Card एक प्रकारको स्मार्ट डिजिटल कार्ड हो जसमा NFC प्रविधि प्रयोग हुन्छ।
यसलाई मोबाइल वा NFC सपोर्ट गर्ने उपकरणमा टच (tap) गर्दा तुरुन्तै कार्डमा राखिएको सम्पूर्ण जानकारी (जस्तै नाम, सम्पर्क नम्बर, ईमेल, वेबसाइट, सामाजिक सञ्जाल लिंक आदि) देखिन्छ। यो कार्डले QR Code भन्दा अझ सजिलो तरिकाले जानकारी आदान–प्रदान गर्न मद्दत गर्छ।
NFC Card को महत्व
१. डिजिटल परिचय (Digital Identity):
सदस्यहरुको सम्पूर्ण प्रोफाइल एउटै कार्डमा सुरक्षित हुने।
२. सहज पहुँच (Easy Access):
कार्डलाई फोनमा हल्का छुवाए मात्र सम्पर्क विवरण वा वेबसाइट तुरुन्तै खुल्ने।
३.. आधुनिक र पेशागत छवि (Modern & Professional Image):
सदस्यहरुले विश्वसामु प्रविधिसँगै अघि बढिरहेको देखाउन सक्ने।
NFC Card का प्रमुख फाइदाहरू:
पेपरलेस: अब धेरै कार्ड छपाइ गर्नुपर्ने झन्झट हट्ने।
अपडेट गर्न सजिलो: कार्ड फेरि प्रिन्ट गर्नुपर्दैन, NFC मा रहेको लिङ्क वा डाटालाई डिजिटल रूपमा अपडेट गर्न सकिन्छ।
सुरक्षित र विश्वासिलो: सदस्यताको प्रमाणिकरण सजिलो र छिटो।
नेटवर्किङमा सहजता: मेला, प्रदर्शनी, मिटिङ वा कार्यक्रममा NFC ट्याप गर्दा आफ्नो सम्पर्क तुरुन्तै सेयर गर्न सकिने।
सस्टेनेबल (Eco-friendly): कागजको प्रयोग घटाएर वातावरणमैत्री अभ्यास।
NFC कार्ड दर्ता फारम : कृपया तलका सबै आवश्यक जानकारी स्पष्ट रूपमा भर्नुहोस्। यो फारम NFC कार्डमा इन्कोड गरिने बायो/कन्ट्याक्ट र प्रोफेसनल विवरणहरूको लागि प्रयोग गरिनेछ।
१. व्यक्तिगत जानकारी
Name (पूरा नाम):
Professional Role (पेशागत भूमिका):
Company Name (कम्पनी / संस्थाको नाम):
Email:
Phone (मोबाइल):
DOB (जन्ममिति):
Location (ठेगाना):
२. सोशल / अनलाइन लिङ्कहरू (यदि उपलब्ध छ भने)
Facebook ID Link:
page Link:
Facebook Group Link:
Instagram Link:
Whatsapp Link:
Viber Link:
YouTube Link:
Tiktok Link:
Website:
Google Maps Location (Place URL or coordinates):
Øसुझाव: NFC ट्यागमा सम्पर्क (vCard) राख्न चाहनुहुन्छ भने कम्तिमा नाम, फोन, ईमेल र वेबसाइट समावेश गर्नुहोस्। URL राख्दा प्रयोगकर्ताले सिधै प्रोफाइल/वेबसाइट खोल्नेछ।