Smart Krishak

  • Home
  • Smart Krishak

Smart Krishak कृषिमा प्रबिधि र बित्तिय पहुँच अभिवृ?

We are passionate about making agriculture a respectable, profitable and preferred choice of profession for ours and the next generation!!!

शुभ तिहार !सम्पूर्ण कृषक दाजु भाई दिदि बहिनीहरुको सुख, सम्वृद्धि तथा स्वास्थ्यको कामना!!
04/11/2021

शुभ तिहार !

सम्पूर्ण कृषक दाजु भाई दिदि बहिनीहरुको सुख, सम्वृद्धि तथा स्वास्थ्यको कामना!!

हाम्रो कार्यालय परिसरमा बढ्दै गरेको पाक चोई (चाइनिज साग) र लेटिस (सलाद साग)सामान्यतया साउन देखि कात्र्तिक महिनासम्ममा यी...
01/11/2021

हाम्रो कार्यालय परिसरमा बढ्दै गरेको पाक चोई (चाइनिज साग) र लेटिस (सलाद साग)

सामान्यतया साउन देखि कात्र्तिक महिनासम्ममा यी सागहरु लगाउन सकिन्छ ।

लेटिस (सलाद साग) भिटामिन के, भिटामिन ए को एक राम्रो स्रोत हो जसले हड्डी बलियो बनाउन मद्दत गर्दछ । सलाद साग खाँदा शरीर हाइड्रेट हुन्छ । सलाद साग भिटामिन ए को स्रोत हो जसले आँखाको स्वास्थ्यमा फाइदाजनक भूमिका खेल्छ ।

बिउ बिजन तथा गड्यौले मल चाहिएमा Krishi Samagri कृषि सामग्री लाई सम्पर्क गर्नुहोला ।

धान बालीमा लाग्ने किरा र तिनको व्यवस्थापन ! Practical Action ले तयार पारेको संक्षिप्त सामग्री ! यस्ता थप सामग्री तथा ज्ञ...
10/10/2021

धान बालीमा लाग्ने किरा र तिनको व्यवस्थापन !

Practical Action ले तयार पारेको संक्षिप्त सामग्री !

यस्ता थप सामग्री तथा ज्ञानबर्दक जानकारी तथा पुस्तकहरुका लागि Smart Krishak स्मार्ट कृषक: अब स्मार्ट बन्ने पालो हामी कृषकको ! ग्रुप जोइन गर्नु होस्।

अब स्मार्ट बन्ने पालो हामी कृषक को !

09/10/2021

We are interns for various agriculture related domains.

Anyone pursuing an academic background in agriculture (Agricultural Engineering/Polytechnic/BSc-Agriculture/BSc-Horticulture/ MSc- Horticulture/ BSc-dairy/ BSc-fisheries and other allied branches) may apply for the 3 months program.

This internship is conducted in collaboration with some of the farmers associated with us and interns will get the first hand experience of working at a farm as well as in the areas of emerging trends in agriculture!

कृषिमा सफल कृषकका कथा !कृषकको नाम : नकुल प्रसाद भण्डारी (Nakul Bhandari)ठेगाना : नुवाकोट३६ वर्षिया नकुल प्रसाद भण्डारी ह...
06/10/2021

कृषिमा सफल कृषकका कथा !

कृषकको नाम : नकुल प्रसाद भण्डारी (Nakul Bhandari)

ठेगाना : नुवाकोट

३६ वर्षिया नकुल प्रसाद भण्डारी हाल पञ्चकन्या गा.पा.३, मानेथोक, नुवाकोटमा बस्छन् । वि.सं. २०६४ मा कामदार भिसामा यु.ए.ई पुगेका उनि २०७२ मा मात्र स्वदेश फर्किए। त्यहाँ रहँदा यु.ए.ई. आर्मीमा काम गरेका नकुल हाल आएर वि.सं. २०७२ सालमा वनदेवी कृषि फर्म दर्ता गरी अर्गानिक च्याउ तथा तरकारी खेती गरिरहेका छन् भने बाख्रा पालनलाई सहायक पेशाको रुपमा अगाडि बढाएका छन् ।

विदेशि भूमिमा स्थानिय बासिन्दाबाट हुने गरेको चित्त दुख्ने खालको व्यवहार र जति वर्ष विदेशमा बसेपनि अन्तिममा आफ्नै भूमिमा कर्म गरी आधार तयार गर्नुपर्ने वास्तविकताको ज्ञान हुनु र कृषिमा राज्यले गर्ने सहयोगको संचार माध्यमबाट गरिएको प्रचार प्रसारले गर्दा नै आफूलाई कृषि व्यवसायमा लाग्न प्रेरणा मिलेको बताए।

३ दिने च्याउ खेती सम्बन्धि तालिम लिईसकेका भण्डारीले च्याउ फलाउने विधि तथा आईपर्ने चुनौतिहरु ईन्टरनेटबाट खोजेर सिकेको पनि जानकारी गराए। यसरी उनले आफुलाई प्राविधिक रुपमा पनि सक्षम राख्ने प्रयास गरेका छन् ।

हाल नेपालमा बढ्दै गएको चरम विषादिको प्रयोगले आम उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव परेको र कृषक आफै पनि विषादीसँग खेल्दा स्वास्थ्य विग्रिदै जाने कुरालाई मध्य नजर गर्दै विदेशबाट फर्किएर अर्गानिक सिताके च्याउ खेती सुरु गरेको उनको भनाई रहेको छ ।

१० रोपनि ६ आना आफ्नै जग्गाको साथै ४२ रोपनि थप जग्गा भाडामा लिएर १५ लाख आफ्नै र ३५ लाख (७.२% व्याजमा) बैङ्कबाट ऋण लिई करिब ५० लाख भन्दा बढिको लगानी रहेको यस व्यवसायमा उनीले कृषि ज्ञान केन्द्र, नुवाकोटकबाट तरकारी टनेल निर्माणको लागि ६ लाख अनुदान स्वरुप हात पार्न सफल भए ।

अर्गानिक सिताके च्याउ १५ क्विनटल, तरकारी तथा बाख्रा उत्पादन गर्ने यस व्यवसायबाट नकुलले १२ लाख बराबरको बार्षिक कारोबार हुनुको साथै ७ लाख बराबरको खुद नाफा हुने गरेको र आफ्नो उत्पादनले नुवकोटको स्थानिय वजार र काठमाण्डौको वजारमा ठाउँ लिने गरेको बताए । यसरी अरु कृषक दाजुभाइ दिदिबहिनिहरुका लागि प्रेरणाको श्रोत बन्न सफल भण्डारीले 2 जना पारिवारिक सदस्य संलग्न यस व्यवसायबाट 6 जनालाई रोजगारीको अवसर पनि प्रदान गरेका छन् ।

सिताके च्याउ कार्तिक देखि माघ फाल्गुन ( १२ डिग्री देखि २० डिग्री सम्म) सम्म मात्र फल्ने हुनाले अरु समय खेरा गईरहेको महसुस गरी बाँकी समयमा अर्गानिक तरकारी खेती गर्ने उद्देश्यले बेमौसमि अर्गानिक तरकारी खेतीको लागि करिव ६ रोपनि क्षेत्रफलमा पक्‍की फलामे टनेल निर्माण कार्य भईरहेको, मलको व्यवस्थापनको लागि ७०-७५ वटा माउ बाख्रा पालनको लागि खोर निर्माण कार्य तथा आवश्यक पोषिलो घाँस लगाउने कार्य भैरहेको र सम्पन्न हुने अन्तिम चरणमा रहेको पनि उनले जानकारी गराए ।

विचौलियाहरुको समस्या, बजार व्यवस्थापन, गुणस्तरिय च्याउको बीउ, तालिम तथा उत्पादनको आधारमा अनुदानको आवश्यकता जस्ता अति नै महत्वपूर्ण समस्या तथा आवश्यकता पहिचान गरेका उनले वि.सं. २०७२ सालमा च्याउ खेती सुरु गर्दा भने फल्दैनकी भन्ने ठूलो डर रहेको र उत्पादन भएपछि पनि बजारमा पुर्याउँदा जंगली च्याउ भनेर उपभोक्तालाई यसको विशेषता र फाईदा बारेमा बुझाएर विक्री गर्न धेरै नै कठीन भएको तर आजभोलि भने उत्पादनले बजार धान्न नसकिरहेको अवस्था प्रष्ट पारे ।

#सफलकृषक #सिताकेच्याउ

Source: Department of Agriculture

साझेदारीमा दुग्धपदार्थ यान्त्रिकरण कार्यक्रम कार्यान्वयन सम्बन्धि सूचना !
05/10/2021

साझेदारीमा दुग्धपदार्थ यान्त्रिकरण कार्यक्रम कार्यान्वयन सम्बन्धि सूचना !

27/09/2021

अब भन सुन गर्न सक्नेले मात्र अनुदान पाए पछि कृषकले त सास्ती पाउनेनै भए नि।

यस्तो अनुदान कृषक उत्पादक समुहलाई मात्र दिने व्यवस्था मिलाए कसो होला ?

#अनुदान #कृषक

संबिधान दिवसको शुभकामना !कृषिकै माध्यमबाट आत्मनिर्भरता, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धनका कार्यक्रमहरु सुनिश्चित ग...
19/09/2021

संबिधान दिवसको शुभकामना !

कृषिकै माध्यमबाट आत्मनिर्भरता, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धनका कार्यक्रमहरु सुनिश्चित गर्न सकिन्छ । कृषिकै जगमा टेकेर राज्यले आफ्नो दीर्घकालिन नीतिहरुका साथै विश्वव्यापी सवालमा स्थान तय गर्न सक्नु पर्दछ । अनि मात्र संबिधानले व्यवस्था गरेको खाद्य सुरक्षा लगायतका प्राबधानको साँचो सम्मान र कदर हुनेछ !

#संबिधानदिवसकोशुभकामना

कृषि उपजलाई कसरि सहजै बजारसम्म पुर्याउने होला त ?
18/09/2021

कृषि उपजलाई कसरि सहजै बजारसम्म पुर्याउने होला त ?

साइपाल गाउँपालिका–४ मा पर्ने धुलीमा बारीभरि लोभ लाग्दा स्याउ फलेका छन् । कुनै बोटले फलको भार थाम्न नसकेपछि टेको ...

Our new initiative Krishi Samagriअब कृषिका लागि आवश्यक बिउ, बिजन, उपकरण, मल, दाना, आदि सम्पूर्ण सामग्रीहरु हजुरहरुकै घर ...
17/09/2021

Our new initiative Krishi Samagri

अब कृषिका लागि आवश्यक बिउ, बिजन, उपकरण, मल, दाना, आदि सम्पूर्ण सामग्रीहरु हजुरहरुकै घर दैलोमा ।

Please follow.

17/09/2021
30/11/2020

We are looking for experienced and self motivated agropreneurs, technicians, agro professionals with background in the following areas:
1. Animal Husbandry (Goat, cow, buffalo farming)
2. Kiwi, dragon fruit farming
3. Fisheries
4. Horticulture
5. Winery and Vineyard
Interested people may email us at [email protected]
Salary no bar for the right candidate with options of remuneration in equity.

Kiwis from the lap of the himalayas, from the agro-farm at our very own Solukhumbu district of Nepal. Please contact us ...
01/11/2020

Kiwis from the lap of the himalayas, from the agro-farm at our very own Solukhumbu district of Nepal.

Please contact us to get it delivered to your doorstep.

FYI, Kiwis are small fruits that pack a lot of flavor and plenty of health benefits. Their green flesh is sweet and tangy. It's also full of nutrients like vitamin C, vitamin K, vitamin E, folate, and potassium. They also have a lot of antioxidants and are a good source of fiber.

25/06/2020

यो मन त मेरो कृषक हो !   👩‍🌾👨‍🌾💪🇳🇵🇳🇵 रोपाईको फोटो पठाउनुहोस र जित्नुहोस रु १०००/-  #रोपाई  #असार१५Send us your   picture...
25/06/2020

यो मन त मेरो कृषक हो ! 👩‍🌾👨‍🌾💪🇳🇵🇳🇵 रोपाईको फोटो पठाउनुहोस र जित्नुहोस रु १०००/- #रोपाई #असार१५

Send us your picture and we will feature the same. The most liked picture will be awarded a cash prize of Rs. 1000.

23/06/2020
बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि हाइसन्चो !कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहर...
23/06/2020

बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि हाइसन्चो !

कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या बनेको बाँदर आतंक समाधान गर्ने नयाँ प्रविधि आविष्कार गरेका छन् ।

स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएका हुन् । उनको आविष्कारले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । उनले बनाएको उपकरण दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा किन्न पाइन्छ ।

यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एकपटक पड्काएपछि बाँदर नै सो क्षेत्रबाट बसाइँ सर्ने दाबी गरिएको छ । स्थानीय प्रशासनले समेत यो उपकरण प्रभावकारी देखिएको जनाएको छ ।

स्याङ्जाका विभिन्न स्थानीय तहमा उक्त यन्त्रको परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि नगरपालिका तथा जिल्ला प्रशासनले नै अभियानको रुपमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गर्न थालेको छ । यन्त्रका आविष्कारक भविश्वर कोइरालाले अनुमति दिएपछि काठमाडौंमा रहेको महावीर पुनको आविष्कार केन्द्रले पनि उक्त यन्त्रको उत्पादन सुरु गरेको छ ।

Source: OnlineKhabar

सरकारले किसानलाई क्रेडिट कार्ड, एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र, उत्पादन भइसकेपछि कृषि बिमाको प्रिमियम तिर्न मिल्न...
23/06/2020

सरकारले किसानलाई क्रेडिट कार्ड, एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र, उत्पादन भइसकेपछि कृषि बिमाको प्रिमियम तिर्न मिल्नेलगायत केही नयाँ कार्यक्रम ल्याएको छ । कृषिमा श्रम परिचालन, कृषि कार्यको व्यवसायीकरण र आधुनिकीकरण गरी काम र रोजगारी सृजना गर्ने उद्देश्यले कृषि बजेटसमेत बढाइएको छ ।

‘कृषि क्रान्तितर्फ उन्मुख हुन कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाका आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित गरिनेछ । यसका लागि सिँचाइ, मल, बीउ, पुँजी, प्रविधि र बजार सुनिश्चित गरिनेछ,’ आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भने,‘कृषिका लागि ४१ अर्ब ४० करोड बजेट पुर्‍याएको छु ।’ चालु आवमा कृषि तथा पशुपन्छी विकासको बजेट ३४ अर्ब ८० करोड थियो ।

Source: eKantipur

Address


Alerts

Be the first to know and let us send you an email when Smart Krishak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Krishak:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share