Sandesh Vet Pharma Arunkhola

Sandesh Vet Pharma Arunkhola Sandesh vet pharma is a veterinary shop in madhyabindu 10 Arunkhola. Contact us for veterinary medic
(1)

06/05/2024

Sandesh Vet Pharma Arunkhola का कुशल तथा अनुभबी प्राबिधिक द्वारा पशु- चौपायाको नाक छेड्ने कार्यको स्थलगत भिडियो।

06/05/2024

अबको केही समयमा धानको ब्याड राख्ने बेला हुँदैछ, धानको स्वस्थ बीउ छान्ने विधि जान्नुहोस:

१. एउटा बाल्टी वा बीउको परिमाण अनुसारको भाँडामा पानी भर्नुहोस् ( बीउ राख्दा नपोखिने जति)

२. त्यसमा एउटा नबिग्रेको कुखुराको अण्डा (बिग्रेको अण्डा शुद्द पानीमा तैरिन्छ) राख्नुहोस्।

३. पानीमा अब धुलो नुन राख्दै जानुहोस् र जबसम्म अण्डाको अाधा भाग जति नुनपानीमा तैरिँदैन, नुन थप्दै जानुहोस्। अण्डा तैरिएपछि भने नुन पुग्यो भन्ने बुझ्नुपर्दछ र अण्डालाई हटाउन सकिन्छ ।

४. अब उक्त नुनपानीमा धानको बीउ राखी (बीउ पानीको माथिल्लो सतहभन्दा १० से.मी. तल भएको राम्रो) मजाले चलाई २/३ मिनेट यतिकै छोडिदिनुहोस्।

५. उत्रिएका अस्वस्थ बीउहरूलाई हटाईदिनुहोस् र भाँडाको तल स्वस्थ बीउहरू थिग्रिनेछन्।

६. थिग्रिएका स्वस्थ बीउलाई तुरुन्तै शुद्द पानीमा २-३ पटक सफा गर्नुहोस् ( बीउलाई धेरैबेर नुनपानीमा राख्नु हुँदैन) र छायाँमा लगी सुकाउनुहोस्।

एकैपटकमा बीउ छान्न नसकिएको खण्डमा नुनपानीको घोल पटकपटक तयार गरिरहनु पर्दैन, एउटै घोल ५/६ पटकसम्म प्रयोग गर्न सकिन्छ । यसरी नुनपानीमा उपचार गरिएको बीउको तोैल तैरिएकाकोभन्दा १५-२५ प्रतिशतले बढी उत्पादन दिन्छ भने रोगको आक्रमण पनि ४०-६० प्रतिशतले कम हुने पाईएको छ।

- बीउको उपचार:
बीउलाई मरुवा रोगबाट बचाउन प्रति किलो बीउमा २ देखि २.५ ग्राम बेभिष्टिन (Bavistin) वा थिराम( Thiram) वा डाइथेन (Dithane) वा सेरासन (Cerasan) नामक ढुसीनासक विषादी ल्याई बीउसँग मिसाई सबैतिर समान हुने गरी चलाउने र बीउलाई कम्तिमा १२ घण्टा, बढिमा ५ दिन राख्न सकिन्छ। त्यसपछि मात्र बीउलाई भिजाउने वा ढड्याउने गर्नुपर्दछ र २४-४८ घण्टासम्म ढड्याइएको बीउ राम्ररी अङ्कुरण हुनासाथ ब्याड राख्न सकिन्छ।

जनहितमा जारी, सक्दो धेरै Share गरिदिनु होला।

लौकामा चिचिला कुहिने समस्यालौका, गर्ड(Gourd) परिवारको एउटा सदस्य हो। नेपालमा प्राय गर्मि मौसममा लगाइने यो तरकारी एकदमै प...
02/04/2024

लौकामा चिचिला कुहिने समस्या

लौका, गर्ड(Gourd) परिवारको एउटा सदस्य हो। नेपालमा प्राय गर्मि मौसममा लगाइने यो तरकारी एकदमै प्रचलित र धेरै मान्छेको प्रिय पनि छ। लौकामा ससाना चिचिला कुहिएर जाने एउटा प्रमुख समस्याका रुपमा अगाडि आइरहेको छ। केही दिन देखि विभिन्न कृषिकर्मी साथीहरु र भाइ बैनिहरुले फेसबुकमा यो प्रश्न सोधिरहनु भएको थियो त्यसैले आज यसको बारेमा लेख्दै छु।
गर्ड( Gourd) परिवारका तरकारिहरुमा मुख्यतय: दुई प्रकारका फूल फुल्ने गर्छ्न जसमा एउटा प्रकार भनेको अर्नामेन्टल(Ornamental) वा लुफास( Luffas) हो यसलाइ नेपालीमा पहेँलो फूल भनेर बुझौ जस्तो कि फर्सी, करेला, घिरौला आदि र अर्को भनेको हार्स-सेल( Hard-shell) यसलाइ नेपालीमा सेतो फूल भनेर बुझौ जस्तो कि लौका।
लौकामा या अरु गर्डमा चिचिला कुहिने समस्या मुख्यत निम्न कारणले हुन सक्छ।
१. परागसेचनको नहुनु।
२. औसा पर्नु
३. अन्य कारण जस्तो कि धेरै चिस्यान, हागा मोडिनु आदि।
यहाँ हामी परागसेचनको कमिले हुने समस्याको बारेमा कुरा गरौ,
लौकामा फूल निस्कदा पहिले भाले फूल निस्कन्छ र पछि पोथी फूल निस्कन्छ। पोथी फूलहरुले निस्किदा नै फूलको पछाडि फल बोकेर निस्कन्छ्न भने भालेमा फूल मात्र हुन्छ जुन केही दिनमा झरेर जान्छ। पोथी फूल कसरी बढाउने भन्ने बारेमा मैले केही दिन अघि तेस्रो पुस्ता कटिङको बारेमा लेखेको छु, पढन सक्नु हुन्छ। लौकामा परागसेचन प्राय मौरी, पुतली, खपटे र वास्पहरुले गर्छ्न। तर कैले काहीँ प्राकृतिक कारणले परागसेचन हुन नसकेमा पोथी चिचिलाहरु कुहिन्छ्न र झरेर जान्छ्न।
केही समाधानका उपायहरु:
१. कृतिम परागसेचन: यदि करेसाबारीमा २/४ वटा बोटमा यस्तो समस्या देखिएको छ भने भाले फूललाइ टिपेर पोथी फूलको माथी उल्टो पारेर पोलेन( Pollen) झारिदिने वा फूलको सेतो भाग पेटल( Petals) लाई निकालेर सिधै पोथी फूलसङ बिस्तारै रगडने/छुवाउने अथवा पेन्टिङ ब्रस वा मेकअप ब्रसलाइ भाले फूलमा बिस्तारै रगडेर पोलेन बटुल्ने र त्यसलाइ पोथी फूलमा ल्याएर छुवाउने/रगडने। यसरी एउटा भाले फूलले ४/५ वटा पोथीमा परागसेचन गर्न सकिन्छ। (यहाँ फूलको मतलब रंगिन भाग वा पेटल(Petal) भनेर बुझ्नु हुदैन।)
नोट: सेतो फूलहरु साझको बेलामा फूल्ने र यसका पोलेनहरु बढि चलायमान पनि हुन्छ्न त्यसैले कृतिम परागसेचन गर्दा साझको समय( गोधुली साझ) मा गर्नु पर्छ। भने पहेला फूललाई दिउसोको समयमा गर्नु पर्छ।

सिजनको हरियो तरकारी, मन पराउनेले लाइक गर्नुहोस।
01/04/2024

सिजनको हरियो तरकारी, मन पराउनेले लाइक गर्नुहोस।

The best vet products for livestock and poultry available at sandesh vet pharma
31/01/2024

The best vet products for livestock and poultry available at sandesh vet pharma

हामी सङ्ग उपलब्ध रहेका कुकुर सम्बन्धि सामाग्रीहरु
30/01/2024

हामी सङ्ग उपलब्ध रहेका कुकुर सम्बन्धि सामाग्रीहरु

11/11/2023

कृषक महानुभावहरुमा सुझाव
-तपाईंले तोरि मसुरो गहुँ छर्दै हुनुहुन्छ भने केवल रासायनिक मल मात्र प्रयोग नगर्नुहोस।
- रासायनिक मल अनुदान मुल्यमा सस्तोमा पाईयो भन्दैमा धेरै प्रयोग नगर्नुहोस।
- रासायनिक मलले तपाईको खेत माटो बिगारेर कडा बनाएको छ
- रासायनिक मलले तपाइँको खेतमा भएका मित्र जीव(किरा)हरुलाई पनि मारिदिनाले माटोको उर्वराशक्ती कम हुन्छ।
- रासायनिक मल मात्रै प्रयोग गरि उत्पादन गरिएका उपजले तपाईको स्वास्थ्यमा समेत नराम्रो असर पार्दछ।
- त्यसैले माटोमा कम्पोस्ट मल अर्गानिक तथा प्राङ्गारिक मल प्रयोग गर्नुहोस।
- माटोको उर्वरा शक्ति बढाउन (PH मिलाउन) जिङ्क,
सल्फरको प्रयोग गर्नुहोस।
- शिफारिस गरिएको भन्दा कम तथा बढी मलखाद प्रयोग नगर्नुहोस।
- अनुभवी तथा प्राविधिकको सल्लाह बिना छिमेकिले प्रयोग गरेकै भरमा कुनैपनी रासायनिक मलखाद अनावस्यक प्रयोग नगर्नुहोस।
धन्यवाद

09/09/2023

२०८०।०५।२४ गते आईतवार बाट जिउदो ब्रोइलर कुखुरा को कोल्ड्स्टोर खरिद मुल्य रू १०/- बढेर रू २६०/- भएको छ।

पोल्ट्री सम्बन्धी जानकारिका लागि हाम्रो पेज फलो गर्नुहोला ।

Logo updated
20/08/2023

Logo updated

23/04/2023

मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ मा पनि गाई लाई L*D देखिएको छ।सम्पूर्ण १५ को पशु पालन किसानहरुले रोग नियन्त्रण को लागि सरसफाइ लगायत परजीवी नियन्त्रणमा बिशेश ध्यान दिनु होला

गाई भैंसिमा छालाको रोग
Lumpy skin disease (L*D Virus)

बिरामी गाईहरुमा देखिने मूख्य (Symptoms) लक्षणहरूः
१. ज्वरो बढ्नु।
२. नाकबाट पानी बग्नु (Nasal discharge) र बढि र्याल काढ्नु (Hypersalivation)।
३. छालामा ठुला साना फोका देखिनु (Eruptions on the skin) जुन दूःख्ने खालका हुन्छन्।
४. बिरामीपन (Morbidity) ५ देखि ५० प्रतिशत सम्म हुनसक्छ ।
५. दुध उत्पादन घट्नु ।
६. मृत्युदर ४-८ प्रतिशत ।

यो रोग मुख्यतया केही प्रजातिका झिंगा, लामखुट्टे र सम्भावित टिक्स (Ticks) जस्ता कीराहरूले टोक्दा सर्ने गर्छ।

यस डरलाग्दो रोगबाट बच्ने उपायहरुः
# लक्षण देखिएका गाईलाई तुरून्त Isolation मा छुट्टै बाध्ने ब्यवस्था गर्नु पर्छ।
# ज्वरो घटाउने औषधि प्रयोग गराउने ।
# Immunomodulator खुवाउने
# Virucidal हरु सबै छालामा १ ग्राम १ लिटर सफा पानीमा घोलेर राम्रो संग लगाईदिने र गोठहरुमा प्रत्यक दिन बिहान बेलुका नै छर्कने ।
जय पशु
जय किसान

“घाँसमा आधारित पशुपालन गरौँ लागत घटाइ उत्पादन बढाऔँ”                        यस सिजनमा लागाईने बिभिन्न घाँसेबालीहरूको बिउ...
05/02/2023

“घाँसमा आधारित पशुपालन गरौँ लागत घटाइ उत्पादन बढाऔँ”
यस सिजनमा लागाईने बिभिन्न घाँसेबालीहरूको बिउ हामीकहॉ उपलब्ध भएको कृषक महानुभाबहरूलाई जानकारी गराउदछौँ।

सन्देश भेट फर्मा, मध्यबिन्दु - 10, अरुणखोला
मो.नं- ९८५११८२४१४, ९८४०४१७८२९

नव बर्ष २०७९ सालको हाम्रा समआदरणीय ग्राहक बर्ग, सामाजिक ब्यक्तित्व, बजार प्रतिनिधि साथीहरू, होलसेल बिक्रेता तथा किसान बर...
13/04/2022

नव बर्ष २०७९ सालको हाम्रा समआदरणीय ग्राहक बर्ग, सामाजिक ब्यक्तित्व, बजार प्रतिनिधि साथीहरू, होलसेल बिक्रेता तथा किसान बर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

No April fool make April cool by planting a tree at your premises.
01/04/2022

No April fool make April cool by planting a tree at your premises.

रङ्गहरुको पर्व होलिको हाम्रा समस्त ग्राहकबर्ग, सप्लायर, साथिहरुलाई शुभकामनाजय पशुधन, जय कृषि
18/03/2022

रङ्गहरुको पर्व होलिको हाम्रा समस्त ग्राहकबर्ग, सप्लायर, साथिहरुलाई शुभकामना

जय पशुधन, जय कृषि

अन्तराष्ट्रिय नारी दिवसको भब्य शुभकामना !!!
08/03/2022

अन्तराष्ट्रिय नारी दिवसको भब्य शुभकामना !!!

उन्नत जातका बिरुवाहरु यहाँ उपलब्ध छ।करेलाकाँक्राफर्सीलौका घिरौला
01/03/2022

उन्नत जातका बिरुवाहरु यहाँ उपलब्ध छ।
करेला
काँक्रा
फर्सी
लौका
घिरौला

23/02/2022

आज बिहान करिब १० बजे तमासपुर बाट हामिलाई फोन आयो गर्भिणी गाई ढलेको छ कृपया आइदिनुपर्यो। हामी (सन्देश भेट फर्मा सन्चालक) बाबा छोरा कृषककोमा गयौं र गाईलाई आवस्यक उपचार गर्यौं। तीन दिन देखि बिरामी गाई अहिले उपचार पश्चात् स्वास्थ सुधारोन्मुख छ। हामी हाम्रा आदरणीय कृषकलाई धन्यवाद दिन चाहान्छौं हामिलाई सेवा दिने मौका दिनुभएकोमा।

30/01/2022

आदरणीय ग्राहकबर्गहरुमा नमस्कार 🙏 यहाँहरुको अपार माया र सद्भावले हामी सन्देश भेट फर्मा निरन्तर हजुरहरुको सेवामा सेवारत रहेको सबैमा सर्बबिदितै छ। मिति २०७८/१०/१५ बाट हामीले दाना र चल्लाको सप्लाईको सेवा थप गरेका छौं । यदि यहाँहरुलाई दाना, चल्ला र पानी दानाको भाडाँ चाहिन्छ भने आजै सम्पर्क गर्नु होला।

सम्पर्कका लागि 📞९८५७०४१८४१ वा ९८५११८२४१४ मा फोन गर्नु होला।

कृषिप्रधान देश नेपाल अनि हामी किसान, आखिर ठगिने भनेको नै किसान हो चाहे त्यो बिचाउलिया बाट होस या प्रकृति
20/10/2021

कृषिप्रधान देश नेपाल अनि हामी किसान, आखिर ठगिने भनेको नै किसान हो चाहे त्यो बिचाउलिया बाट होस या प्रकृति

दशैको पहिलो दिन अर्थात घटस्थापनाको सम्पुर्ण ग्राहकबर्ग, किसान साथीहरु, शुभचिन्तक, प्राबिधिक साथीहरू तथा देश बिदेशमा रहनु...
07/10/2021

दशैको पहिलो दिन अर्थात घटस्थापनाको सम्पुर्ण ग्राहकबर्ग, किसान साथीहरु, शुभचिन्तक, प्राबिधिक साथीहरू तथा देश बिदेशमा रहनुहुने नेपालीहरुमा शुभकामना।

Address

Arungkhola, Madhyabindu-10 Nawalpur
Belani
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 07:00

Telephone

+9779851182414

Alerts

Be the first to know and let us send you an email when Sandesh Vet Pharma Arunkhola posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandesh Vet Pharma Arunkhola:

Videos

Share

Category


Other Belani pet stores & pet services

Show All