08/02/2021
प्याज खेति प्रबिधि
प्याज खेति प्रबिधि
नेपालमा प्याज खेती यसको गानो तथा पातको प्रयोगको लागि गरिन्छ l यसको प्रयोग सबैजसो तरकारीमा स्वादको लागी मिसाएर पकाईन्छ भने कतिपय अवस्थामा मसलाको रुपमा समेत प्रयोग गरिन्छ l यो गानो वाली अन्तर्गत पर्दछ l
हावापानी: ६० देखि २६०० मिटर उचाई र २०-३० सेन्टिग्रेड तापक्रम भएको क्षेत्र उचित हुन्छ l
माटो: ६-६.८ पि. एच. भएको हलुका दोमट माटो उपयुक्त हुन्छ l
लगाउने समय र उपयुक्त जातहरु:
अगौटे जात:
ब्याड राख्ने महिना: जेठ - अषाढ
लगाउने महिना: अषाढ – श्रावन
उपयुक्त जातहरु: एग्रीफाउन्ड डार्क रेड, बेमौसमी
मध्यम जात:
ब्याड राख्ने महिना: असोज-कात्तिक
लगाउने महिना: मंगसिर-पौष
उपयुक्त जातहरु: रेड क्रियल, नासिक रेड, नासिक-५३, एग्रीफाउन्ड डार्क रेड, एग्री फाउन्ड लाइट रेड
पछौटे जात:
ब्याड राख्ने महिना: कात्तिक-मंगसिर
लगाउने महिना: वैशाख-जेठमा सेट उत्पादन गरि निकाल्ने र श्रावन सेट रोप्ने
उपयुक्त जातहरु: नासिक रेड, नासिक-५३, एग्रीफाउन्ड डार्क रेड
विउ दर: ५०० ग्राम/रोपनी (२५००० देखी ३०००० बोट)
रोप्ने दुरी: लाईन-लाईन – १५-२० से.मि.
वोट-वोट- १०-१५ से.मि.
मलखाद: गोबर मल- १००० किलो / रोपनी
युरिया- ८ किलो / रोपनी
डी.ए.पी- १२ किलो / रोपनी
उत्पादन महिना: असोज-कात्तिक
वैशाख-जेठ
उत्पादन: १६००-१८०० किलो / रोपनी (जात अनुसार फरक हुन सक्छ )
वाली संरक्षण:
कालो पोके: पातको सतहमा कालो धब्बा देखिन्छ र फुट्दा कालो धुलो निस्कन्छ l येसकोलागी ब्लाईटक्स ५०, २ ग्राम प्रति लिटर पानीमा घोलेर विरुवा र सतहको माटो भिज्ने गरि ७ देखि १० दिनको अन्तरमा छर्ने l
Deepika Adhikari
कृषि अधिकृत
ISAP