28/12/2024
कृषि भनेको हाम्रो देशको एक अभिन्न अङ्गझै हो। जसमा केही गर्छु भनेर सोच्नु र कृषि गरेर देखाउनुमा धेरै भिन्नता छ। एउटा कृषकलाई बोटबिरुवा हुर्काएर बजारसम्म लैजान धेरै मेहनत गर्नुपर्छ। जसमा बिउ रोप्नु, बेर्ना सार्नु, त्यसलाई हुर्काउनु , विभिन्न रोग तथा किराहरूबाट जोगाई उत्पादन गरेपश्चात मात्रै उपभोग गर्न मिल्छ । यति कुराहरू गरिएन भने सोचेको जस्तो उत्पादन हुँदैन र कृषकलाई घाटा हुनुका साथसाथै उपभोग कर्ताहरुलेपनि उपभोग गर्न पाउँदैनन्।
कृषिमा क्रान्ति ल्याउने उद्देश्यका साथ हामीले कृषि क्षेत्रमा विभिन्न कृषि कार्यहरू गर्दै आइरहेका छौं। जसमा हाम्रो सातौं ब्याजका विद्यार्थीहरूले learn and earn कार्यक्रम अन्तर्गत 400 m2 मा Integrated/mixed farming गरेका छन् जसमा प्याज, खुर्सानी, मुला, गाजर, रायो गरी पाँच प्रकारको तरकारी बालीहरू लगाएका छन्।
यस कार्यको लागि सातौं ब्याजका विद्यार्थीहरूलाई अग्रिम सफलताको शुभकामना व्यक्त गर्दछौं र विद्यार्थी भाइबहिनीहरूले कार्य गर्दै गरेका केही कैद तस्बिरहरु: