SPCA NEPAL

SPCA NEPAL Animal Welfare, rescue, animal rights advocacy, animal sanctuary organisation and Sheltering. KP Sharma (Patron)
Mr. Mallika Nepal (Patron)
(1)

SPCA NEPAL Society for the Prevention of Cruelty to Animals, Nepal
पशुपक्षी निर्दयता रोकावट समाज, नेपाल
पशुपक्षी निर्दयता रोकावट समाज नेपाल (SPCA Nepal)
Society for Prevention of Cruelty to Animals Nepal
Estd Date: 048/6/7 (2048 Aswin 7 – 1991 Sept 23)
Regd No. 116/048/049 with CDO, Kathmandu
SPCA NEPAL
BANKER: Rastriya Banijya Bank, Gaushalaa Sakhaa, Saving account number 134001699810
NMB Bank

Account 0760037913500018 SPCA NEPAL (NMB Bank), Naxal Branch

उद्देस्यहरु
१ पशुपक्षी प्रति गरिने निर्दयी र क्रुर व्यवहारलाई हटाउन प्रयत्नरत रहनु ।
२ पशुपक्षी हरुको उपचारको लागि आबस्यक पर्ने केन्द्र वा अस्पतालको स्थापना द्वारा सेवा पुर्याउनु ।
३ बैज्ञानिक प्रबिधि एवं मानविय भावना अनुरुप पशुपालनलाई प्रोत्साहन गरी रास्त्रोउथान सघाउ पुर्याउने ।
४ बन्य जन्तु तथा घर पालुवा पशुपक्षीलाई चाहिने अनुकुल स्थितिको सृजनामा जोड दिई वातावारणको सम्बर्धनमा समेत सक्दो सघाउ पुर्याउनु ।
५ पशुपक्षी प्रति निर्दयिता हटाउने तथा सेवा पुर्याउने रास्ट्रीय तथा अन्तर-रास्ट्रीय संघ संस्था अथवा व्यक्ति बिशेसहरु संग सम्पर्क गरि प्राबिधिक सहयोग प्राप्त गरि उपयुक्त संघ संस्था संग सम्बन्ध समेत भई सुसम्बन्ध कायम राख्नु ।
६ मासुको रुपमा प्रयोगमा ल्याईने पशुपक्षीलाई निर्दयितापुर्ना ढंगले मार्ने कार्यलाई रोक्ने तर्फ विभिन्न माध्यमबाट शिक्षा दिनु वा चेत जगाउनु ।

To save animals, rescue and Animal shelter

Shelter at:
Hattigauda, Budhanilakantha Municipality, Ward No. 6, Kathmandu, Nepal

Account Name: SPCA NEPAL - Rastriya Banijya Bank, Gaushalaa Sakhaa, Saving Account number 1340100016998010n Thank you

NMB Account, Naxal Branch
0760037913500018 SPCA NEPAL (NMB Bank)

Chief Patron: Dr Govinda Tandan (Founded on 23 Sept 1992)
Mr.

22/05/2026

के लाइसेन्स र दक्षता बिना गरिने उपचारलाई सामान्य बनाइँदैछ ?

प्राणीहरू कुनै अभ्यास गर्ने वस्तु होइनन्।
उनीहरू पनि पीडा महसुस गर्छन्।

⚠️ एक Veterinary Technician स्वतन्त्र रूपमा Surgery गर्ने अधिकार राख्दैन।
⚠️ आवश्यक योग्यता बिना शल्यक्रिया गर्नु गैरकानुनी कार्य हो।
⚠️ त्यस्ता कार्यलाई प्रचार गर्नु झन् खतरनाक र गैरजिम्मेवार व्यवहार हो।

यदि तपाईं आफ्नो कुकुर, बिरालो वा अन्य प्राणीको उपचार गराइरहनुभएको छ भने,
कृपया एकपटक होइन, पटक–पटक सुनिश्चित गर्नुहोस्

किनकि उनीहरू बोल्न सक्दैनन्।
गल्ती भयो भनेर प्रश्न गर्न सक्दैनन्।
उनीहरू पूर्ण रूपमा हाम्रो जिम्मेवारीमा हुन्छन्।

22/05/2026

समुदायसँग एउटा प्रश्न...
के मानिस बाहेक अरू प्राणीको मातृत्व सानो हुन्छ?
के उनीहरूको माया कम हुन्छ?

दुई छाक feeder ले खुवाएर कसैगरी बाँचिरहेका यी बच्चाहरू
अहिले भोकभोकै आफ्नी आमा खोज्दै डराएर, आत्तिएर बसेका होलान् 😔

उनीहरूलाई अझै थाहा छैन...
किन अचानक आमाको न्यानोपन हरायो…
किन अचानक कसैले खाना दिन आउन छोड्यो…
किन आज कसैले मायाले हात फेरिदिँदैन…

सायद उनीहरू अझै पनि हरेक आवाजमा
“आमा आइन् कि…” भनेर हेर्दै होलान्।
सायद “कसैले खाना दिन आउँछ होला…” भन्दै त्यहीँ कुर्दै होलान्।

कृपया,
यदि माया दिन सकिँदैन भने कम्तीमा यस्तो पीडा नदिऔं।

21/05/2026
21/05/2026

📣 Found Alert! At Kadaghari Barha sutter, Pls contact if anyone recognize her🙏

20/05/2026

उनीहरू अब Adoption को प्रतीक्षामा छैनन्…
उनीहरूका लागि हाम्रो सेल्टर नै घर बनेको छ।

सेल्टरका ३ वटा healthy sections मध्ये पहिलो healthy/permanent section मा अधिकांशको उमेर १२ वर्षभन्दा माथि छ जहाँ अहिले ३८ वटा permanent बच्चाहरू बसिरहेका छन्...

यहाँ केवल खाना र आश्रय मात्र छैन…
यहाँ उनीहरूले फेरि भरोसा पाएका छन्,
फेरि सुरक्षित महसुस गरेका छन्,
डर बिना निदाउन मिल्ने रात पाएका छन्,
र फेरि “परिवार” भन्ने शब्द महसुस गरेका छन्।

अहिले हाम्रो shelter मा १६५ भन्दा बढी बच्चाहरू छन्।
हरेक बिहान उनीहरूको अनुहार हेर्दा लाग्छ....
मानवता केवल ठूलो कुरा गर्ने नाम होइन,
कसैको बाँकी जीवनको जिम्मेवारी बोक्ने साहस पनि हो 💛

19/05/2026

एउटा घाइते जीवन सडकबाट उठाइन्छ…
अस्पताल पुर्‍याइन्छ…
दिनरात उपचार गरिन्छ…
औषधि, खाना, हेरचाह, infection control...सबै गरिन्छ।

डरले काँपिरहेको एउटा निर्दोष जीवनलाई अंगालो हालिन्छ…
कहिलेकाहीँ उपचारका लागि आफ्नै आराम त्यागिन्छ…
निद्रा छुट्छ…
थकान लुकाइन्छ…
तर फेरि पनि प्रयास रोकिँदैन ❤️‍🩹🙂❤️

17/05/2026

बुटवलका मेयर खेलराज पाण्डेयज्यू,
“मानवता” भन्न मिल्छ यो ?

(Video मा मेयर स्वयंको नेतृत्वमा गाई–बाछालाई लखेटिएको दृश्य देखिन्छ।)

📞 Mayor Khelraj Pandey: 9857031255
कृपया यो अमानवीय अभियान रोक्नुस्।
कृपया यस विषयमा आवाज उठाऔं।
व्यवस्थापनको नाममा हिंसा स्वीकार्य हुन सक्दैन।
समाधान चाहिन्छ... तर मानवता हराएर होइन।

उनीहरूले कसैको बाटो रोकेका थिएनन्,
कसैसँग घृणा गरेका थिएनन्,
उनीहरू त केवल बाँच्न खोजिरहेका थिए।

तर हामीले के दियौं ?
लाठी, डर, र लखेटाइ।

डराएर भागिरहेका ती निर्दोष आँखाहरूले
आज हाम्रो समाजलाई एउटा ठूलो प्रश्न सोधिरहेका छन्.....
के शक्ति भनेको कमजोरलाई तर्साउनु हो ?

यदि व्यवस्थापनको नाममा
निर्दोष जीवहरूलाई यसरी तर्साइन्छ भने,
त्यो व्यवस्थापन होइन, त्यो हाम्रो संवेदनशीलताको हार हो।

🎥 भिडियो: Tinaunews.com

17/05/2026

💔 ठूलो घर भएर के गर्नु, जब मन नै सानो हुन्छ ।
यो आवाजबिहिनले आखिर के अपराध गरेको थियो र नाम अनुसारको यस्तो कैदी जस्तो जीवन भोग्नुपर्‍यो ?
हरेक प्राणीमा आत्मा हुन्छ, पीडा महसुस गर्ने मन हुन्छ ।
कृपया, पाल्न सक्नुहुन्न भने किन जीवनसँग खेलवाड गर्नुहुन्छ ?
माया दिन नसके पनि कम्तीमा पीडा त नदिनुहोस् । 🐾

16/05/2026

हामी सधैं नै सडकका यी आवाजबिहिनहरुको 🐾भलाई को लागि feeder हरुको अनुरोधमा बन्द्याकरण गरिरहेका हुन्छौ यो सम्भव भएको छ तपाईंहरू जस्ता दयालु मनहरूको सहयोगले, कृपया हजुरहरुको सहयोगको आवस्यकता छ।🙏
हिजोको दिन यी आवाजविहीन जीवनहरूको लागि एउटा आशाको दिन बन्यो ❤️
हामीले यस मनोहराको भग्नावशेष क्षेत्रमा १५ वटा 🐾 आवाजबिहिनहरुको बन्ध्याकरण सफलतापूर्वक सम्पन्न गरेका छौं।सडकमा जन्मिने हजारौं पीडा, भोक, दुर्घटना र बेवारिसे जीवनको चक्रलाई रोक्न यो एउटा सानो तर महत्वपूर्ण कदम हो। 🙏
हामी अझै पनि मैदानमै छौं किनकि हरेक जीवन महत्वपूर्ण छ।

Donation Details

📱 Esewa: 9748261809
🏦 NMB Bank: 0760037913500018 (SPCA Nepal)
💳 Cards/GPay/ApplePay: zeffy.com/en-US/donation-form/spca-nepal
🌍 Paypal: paypal.com/us/fundraiser/charity/5301004

Dear Sangi and Shibangi, thank you from the bottom of our hearts for your generous donation Rs.15000 towards our fur bab...
16/05/2026

Dear Sangi and Shibangi, thank you from the bottom of our hearts for your generous donation Rs.15000 towards our fur babies. 🐾
Your support is not just help, it is hope for the voiceless souls who depend on kindness to survive. Because of compassionate people like you, we can continue standing beside them in every pain, every rescue, every treatment, and every fight for life.
Every meal, every medicine, every wagging tail and healing paw carries a piece of your love.
May your kindness always come back to you in beautiful ways. 🙏

Address

Tokha/02
Kathmandu
5235

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when SPCA NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SPCA NEPAL:

Share

Category